बिप्लवलाई पुर्जी काटेको रिस न्यायाधीशमाथि

बिप्लवलाई पुर्जी काटेको रिस न्यायाधीशमाथि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले काठमाडौं उपत्यकाको तीनै जिल्लामा न्यायाधीशको पुत्ला दहन गर्न लागेको छ । 

विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उपत्यका ब्युरो इञ्चार्ज माइला लामालगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत,काठमाडौंका न्यायाधीश कमलप्रसाद ज्ञवालीको पुत्ला दहनको तयारी थालिएको हो ।

 

तीन जिल्लाबाट पुत्ला दहन गर्न संगठनका पदाधिकारीहरु काठमाडौंको बुद्धनगरमा छलफलमा जुटेका छन् । अदालतले गत मंसिर १८ गते उनीहरुविरुद्ध अर्कै यौटा गम्भीर फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको विरोधमा आज पनि राजधानीमा न्यायाधीशको पुत्ला दहन गरिएको छ ।

टिप्पणीहरू