आन्दोलन तोक्ने राप्रपाको बैठक भोलि बिहानलाई सर्यो

आन्दोलन तोक्ने राप्रपाको बैठक भोलि बिहानलाई सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  कार्यसम्पादनको बैठकले विभिन्न सात वटा एजेण्डामाथि छलफल गर्न लागेको छ । राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको बैठकले प्रारम्भिक छलफलसम्म थालेको बुझिएको छ । 

जसमा राजसंस्था,हिन्दू राष्ट्रको पुनःस्थापना,आम नागरिकलाई जीविकोपार्जनमा भएको समस्यालगायतका विषयहरु समेटिएका छन् ।

यता,उपाध्यक्ष रविन्द्र मिश्रको संयोजकत्वमा गठित कार्यदलले आन्दोलनको आवश्यकता,औचित्य र कार्ययोजनासम्बन्धी पेश गरेको ड्राफ्टमाथि पनि छलफल गरिएको छ । आज छलफल नसकिएकाले भोलि बिहान ८ बजेदेखि पुनः बैठक बस्ने छ ।

टिप्पणीहरू