गैंडा जुधेर मर्दा खाग र खुर सुरक्षित

गैंडा जुधेर मर्दा खाग र खुर सुरक्षित

चितवनमा एक सिंगे गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्रको राप्ती नदी छेउ जर्नेलीघाटमा मृत गैंडा फेला परेको हो । 

उक्त गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

सो गैँडा अन्दाजी १२ वर्षको भाले भएको बताइएको छ । निकुञ्जका अधिकारीहरुले आपसमा जुधेर गैँडाको मृत्यु भएको आशंका गरेका छन् ।

टिप्पणीहरू