नारायणीमा तनहुँकी शारदाको शव
![नारायणीमा तनहुँकी शारदाको शव](https://janaaastha.prixacdn.net/media/albums/5f1e5ee1e5aaf_death_f2uMXwnBRl.jpg)
चितवनस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ । शव तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ५१ वर्षकी शारदा पौडेलको भएको बताइएको छ ।
आज बिहान साढे ६ बजे नदीले बगाउँदै ल्याएको शव स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय, नारायणगढबाट विपद् व्यवस्थापन टोलीले फेला पारेको थियो ।
नदीबाट बाहिर निकालिएको शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू