कमल पोखरीको प्रशिक्षण सकेर राजेन्द्र महतो माइतीघर जाने

कमल पोखरीको प्रशिक्षण सकेर राजेन्द्र महतो माइतीघर जाने
सुन्नुहोस्

लोकतान्त्रिक समाजवादी पार्टी छोडेर आफ्नो नेतृत्वमा छुट्टै अभियान घोषणा गरेका मधेसी नेता राजेन्द्र महतोले आजदेखि सडक संघर्ष शुरु गर्ने भएका छन् । 

महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै यसैसाता लोसपा परित्याग गरी 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका उनले आज माइतीघरमा प्रदर्शन गर्न लागेका हुन् । ०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीच भएको आठ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्धेश्यले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने महतोको तयारी छ । 

अभियान घोषणालगत्तै आन्दोलनको तयारीमा जुटेको महतोको टोलीले देशभरका कार्यकर्तालाई बोलाएर प्रशिक्षण चलाइरहेको छ । अहिले कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको र दिउँसो सवा १ बजे माइतीघरमा प्रदर्शन गर्ने बुझिएको छ ।

टिप्पणीहरू