सत्ता गठबन्धनको बैठक भोलि बिहान,मन्त्री फेरिने पक्का

सत्ता गठबन्धनको बैठक भोलि बिहान,मन्त्री फेरिने पक्का

प्रमुख प्रतिपक्ष एमालेको ३ जना मन्त्री हटाउने माग र सभामुखले यसवारे प्रधानमन्त्रीलाई आएर जवाफ दिन भोलि फागुन २१ गतेसम्मका निम्ति दिएको म्यादका वीच बिहान ८ बजेलाई सत्ता गठबन्धनको बैठक डाकिएको छ । 

मन्त्रीहरु फेर्ने कि नफेर्ने तानातानवीच आजै बेलुकी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दश जनै मन्त्रीहरूलाई बोलाएर एकसरो छलफल गरी नयाँ परिस्थितिका निम्ति तयार रहन निर्देशन दिनुभएको छ भने रास्ट्रिय सभा अध्यक्षमा आफ्नो समर्थन रहने र जुनसुकै परिस्थितिमा साथ दिने वचनसहित एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको बुझिएको छ ।

यो समीकरण भत्काएर पुरानै गठवन्धन जगाई आफू पुनः गृहमन्त्री बन्न यसवीच रवि लामिछानेको बालकोट-बालुवाटार म्याराथुन पनि बाक्लिएको पाइएको छ ।

टिप्पणीहरू