मुग्लिन–पोखरा सडकखण्डमा कालोपत्र धमाधम (फोटोफिचर)

मुग्लिन–पोखरा सडकखण्डमा कालोपत्र धमाधम (फोटोफिचर)
सुन्नुहोस्

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम अघि बढेको छ । सडकको दुवै खण्डमा कालोपत्र थालिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशमा अस्पाल्ट कालोपत्रको काम शुरु भएको हो । 

पूर्वी खण्डमा यसअघि नै कालोपत्रेको काम अघि बढिसकेको छ । एसियाली विकास बैंक (एडिबी) बाट सहुलियत ब्याजमा ऋण लिएर सरकारले पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडक विस्तारको काम गरिरहेको छ । 

सडकलाई फराकिलो, स्तरीय बनाउनुसँगै कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

टिप्पणीहरू