लुम्बिनीमा क्याविनेट विस्तार, साँझ मन्त्रीहरुको शपथ

लुम्बिनीमा क्याविनेट विस्तार, साँझ मन्त्रीहरुको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले क्याविनेट विस्तार गरेका छन् । 

सत्ता साझेदार नेकपा एमालेसँग भागबण्डामा कुरा मिलेसँगै मुख्यमन्त्रीले क्याविनेट विस्तार गरेका हुन् । त्यसअघि आज बिहान सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल भएको थियो । 

एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाएको छ भने नागरिक उन्मुक्ति पार्टी, जसपा र स्वतन्त्र सांसदको भागमा एक-एक मन्त्रालय परेको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज थपिएका दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुले आज साँझ ५ बजे शपथ लिनेगरी तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू