अध्यक्ष ओली ढिलो गए पनि कम्युनिस्ट पार्टीका सँस्थापकको सम्झना

अध्यक्ष ओली ढिलो गए पनि कम्युनिस्ट पार्टीका सँस्थापकको सम्झना
सुन्नुहोस्

एमाले मुख्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा शुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा प्रतिस्ठानका अध्यक्ष गिरिराजमणि पोखरेलको अध्यक्षतामा भइरहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

त्यसैगरी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनुहुन्छ । एमाले अध्यक्ष आइनपुगे पनि प्रधानमन्त्री दाहाल पुगेपछि पौने ९ बजेदेखि कार्यक्रम शुभारम्भ भएको छ ।

टिप्पणीहरू