वसन्तमय तिलोत्तमा (फोटो फिचर)

वसन्तमय तिलोत्तमा (फोटो फिचर)
सुन्नुहोस्

-मनिष अर्याल 

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै एउटा नमूना पालिका हो । यो मुलुककै उत्कृष्ट नगरपालिकाहरुमा छनोट भएको छ । तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल–भैरहवा छ लेनको सडक नेपालकै नमूना सडकका रूपमा परिचित छ । 

हरियाली प्रवद्र्धन कार्यक्रमले छ लेनको सडकलाई थप आकर्षक बनाएको छ । सडकको दुबै किनारामा एकनासका मझौला रुखको हरियाली, बीचमा डिभाइडरमा ढकमक्क फुलेको बेगमबेली फूलको सौन्दर्यले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउने गरेको छ ।

बुटवलको योगीकुटी पार गरेर तिलोत्तमा नगरपालिका प्रवेशसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ छ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगमबेली राताम्य फुलेको छ । सिदार्थ राजमार्गअन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवा लगाइएको छ ।

 

टिप्पणीहरू