वामदेवका केन्द्रीय सदस्यलाई बालकुमारीमा खादा

वामदेवका केन्द्रीय सदस्यलाई बालकुमारीमा खादा

वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जसपा, नेपालमा प्रवेश गरेका छन् । 

आज अपराह्न बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनी जसपामा मिसिएका हुन् । अध्यक्ष उपेन्द्र यादवले ढकाललाई खादा र अबिर दलेर पार्टीमा स्वागत गरे । 

पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य अर्जुन थापा, प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेता उपस्थित थिए ।

टिप्पणीहरू