प्रख्यात सगरमाथा आरोही नेपाली महिलामाथि अमेरिकी श्रीमानको चरम हिंसा

प्रख्यात सगरमाथा आरोही नेपाली महिलामाथि अमेरिकी श्रीमानको चरम हिंसा

१० पटक सगरमाथा आरोहण गरेकी आरोही लाक्पा शेर्पाले अमेरिकी श्रीमानबाट भोगेको चरम घरेलु हिंसालाई वृत्तचित्रमा समेटिएको छ । ‘माउन्टेन क्विन: द समिट्स अफ लाक्पा शेर्पा’ वृत्तचित्रमा उनको दुःखद जीवनलाई उतारिएको छ । 

वृत्तचित्र जुलाई ३१ मा नेटफ्लिक्समा प्रदर्शन गर्न लागिएको छ । वृत्तचित्रको प्रिमियर शो हालै न्युयोर्क सिटीको आइएफसी सेन्टरमा गरिएको छ । 

उनले सन् २००० मा पहिलो पटक र २०२२ को मे १२ मा दसौँ पटक सगरमाथाको आरोहण गरेकी थिइन् । हाल अमेरिकामा बस्दै आएकी उनले रोमानियन मूलका अमेरिकी श्रीमानबाट चरम घरेलु हिंसा व्यहोरेकी छन् । 

वृत्तचित्रमा लाक्पाको सगरमाथा आरोहण र जीवन संघर्षको सबै पक्षलाई समेटिएको छ । यो वृत्तचित्र निर्देशक लुसी वाकरको निर्देशनमा बनेको हो । उनी दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेसनमा परेकी थिइन् ।

टिप्पणीहरू