कीर्तिपुरमा आँखा जाँच र चश्मा निःशुल्क

कीर्तिपुरमा आँखा जाँच र चश्मा निःशुल्क
सुन्नुहोस्

काठमाडौंको कीर्तिपुरमा निःशुल्क सुगर तथा आँखा जाँच र आवश्यकताअनुसार चश्मा वितरण गर्न लागिएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ९ ले स्थानीयलगायतलाई निःशुल्क जाँचको सुविधा उपभोग गर्न आग्रह गरेको छ।

वडा कार्यालयले विभिन्न गैरसरकारी संघसंस्थाको सहकार्यमा स्थानीय बासिन्दासहित आम नागरिकका लागि निःशुल्क सुगर, आँखा जाँच र चश्मा वितरण गर्न लागेको जानकारी दिएको छ ।

वडाध्यक्ष दिनेश श्रेष्ठका अनुसार बाहिरीगाउँ कीर्तिपुर अप्टीकल तथा आँखा क्लिनिकमा भोलि कार्यक्रम सञ्चालन गर्न लागिएको हो । बिहान ७ बजेदेखि सुगर जाँच र १० बजेदेखि अपरान्ह ३ बजेसम्म आँखा जाँच गर्ने समय तोकिएको छ । 

उनका अनुसार लायन्स क्लब, लियो क्लब, क्यूवानी इन्टरनेसनल, कीर्तिपुर अप्टीकल तथा आँखा क्लिनिक र मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टर नेपालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।


 

टिप्पणीहरू