पश्चिम नेपालमा भारी वर्षा, सतर्क रहन आग्रह

पश्चिम नेपालमा भारी वर्षा, सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालय, डोटीले बाढीपहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको डोटीसहित सात जिल्लामा भारी वर्षा हुने जनाएपछि सिडियो कार्यालयले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै कार्यालयले बाढी पहिरोको जोखिम रहेकाले सुरक्षित स्थानमा रहन जिल्लाबासीलाई सूचित गराएको छ । 

‘आज मिति २०८१–३–२१ देखि तीन दिनसम्म डोटी जिल्लासहित सुदूरपश्चिम प्रदेशभर धेरै–भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेकोले बाढी पहिरोको जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अप्नाउनहुन सबै डोटीबासी महानुभावहरुमा अनुरोध छ’,सूचनामा उल्लेख छ । 

त्यस्तै, कहीँकतै विपद्को अवस्था सिर्जना भएमा नजिकैको प्रहरी, स्थानीय तह वा आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नम्बर ९७६२४७९३३३ मा सम्पर्क गर्न भनिएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म पश्चिम नेपालका जिल्लामा धेरै वर्षा हुने प्रक्षेपण गरेको छ । 

लुम्बिनी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा भीषण वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू