कृषि मन्त्रालयको दैलोमा दिनहुँ धर्ना

कृषि मन्त्रालयको दैलोमा दिनहुँ धर्ना

कृषि मन्त्रालयका कर्मचारीहरु आज पनि धर्नामा बसेका छन् । आफूहरुको वृत्ति विकासमा व्यवधान खडा गरिएको जनाउँदै केही दिनदेखि आन्दोलनरत  राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले आज छैठौं दिन पनि धर्नालाई निरन्तरता दिएका हुन्  

मन्त्रालयको मूल गेटमा पलेटी कसेका उनीहरुले २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासमा अवरोध गरिएको गुनासो गरेका छन् ।  

प्राविधिक अधिकृत माधव पौडेलको नेतृत्वमा भएको धर्नामा झण्डै तीन दर्जनको सहभागिता रहेको छ ।
 

टिप्पणीहरू