एआईजीमा सिफारिस, डीआईजीबाट अवकाश

एआईजीमा सिफारिस, डीआईजीबाट अवकाश
सुन्नुहोस्

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका पोषराज पोखरेलको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाश भएको छ । 

उमेर हदका कारण उनले आजदेखि अवकाश पाएका हुन् । प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका पोखरेल पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख थिए ।

उनलाई कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहितका कर्मचारीहरुले मायाको चिनोसहित बिदाई समेत गरेका छन् । असार १० गते गृहसचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

 

त्यतिबेला असार १८ गतेदेखि अनिवार्य अवकाशमा जाने उमेशराज जोशीको ठाउँमा उनलाई बढुवा गर्न लागिएको थियो । सिफारिसअनुसार बढुवा नहुँदा पोखरेल असार १९ र २० गते दुई दिनका लागि एआईजी हुनबाट वञ्चित भए ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले उनको एआईजी बढुवा सम्बन्धी प्रस्तावमाथि कुनै निर्णय नगरेको हो ।
 

टिप्पणीहरू