सोमबार मलेसियास्थित नेपाली दूतावास बन्द

सोमबार मलेसियास्थित नेपाली दूतावास बन्द

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावास आउँदो सोमबार बन्द हुने भएको छ । ‘अवल मुहारराम’ पर्वको अवसरमा सार्वजनिक बिदा परेकाले असार २४ गते दूतावास बन्द रहने जानकारी दिइएको छ । 

‘मिति २०८१ असार २४ (तदानुसार ८ जुलाई २०२४) गते सोमबारको दिन अवल मुहारराम पर्वको अवसरमा सार्वजनिक बिदा भएकोले उक्त दिन नेपाली राजदूतावासको सम्पूर्ण कन्सुलर सेवाहरु बन्द रहने जानकारी गराउँछौं’, आज जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, सो दिन कुनै काम परेमा दूतावासको फोन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न सूचित गराइएको छ । ‘अवल मुहारराम’ मुसलमानहरुको मुख्य पर्व हो । यस दिन मलेसियामा राष्ट्रिय बिदा दिने गरिएको छ ।

टिप्पणीहरू