दुर्गा प्रसाई रविको बचाउमा नलाग्ने

दुर्गा प्रसाई रविको बचाउमा नलाग्ने

राजावादी अभियन्ता भनिने मेडिकल व्यवसायी दुर्गा प्रसाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सडकमा नजाने भएका छन् । 

सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ । प्रसाईंले हिजो आफू पनि आन्दोलनमा सामेल हुने घोषणा गरेका थिए । 

तर, आज भने उनले अदालतको आदेश सबैले स्वीकार गर्नुपर्ने जनाउँदै पोखरा नजाने बताएका हुन् । अदालतले अनुसन्धानका लागि म्याद थप गरिसकेको अवस्थामा भीडको पछि लाग्न नहुने प्रसाईले प्रष्ट पारेका छन् । 

'म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु । म झापा आफ्नै निवासमा छु । अदालतले अनुसन्धानका लागि म्याद थपिसकेपछि भीडले सत्य-असत्य छुट्टाउने होईन', उनले फेसबुकमा लेखेका छन्, 'सम्मानित अदालतको आदेशलाई कुरौं , सबैलाई अविस्वास गरेर पनि त भएन । दोषी कोही उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन ।'

टिप्पणीहरू