निकोलसलाई काठमाडौं ल्याइँदै
फाइल फोटो
आफूलाई युवा अभियन्ता बताउने डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार भुसाललाई काठमाडौं ल्याइँदै छ। “हाम्रो टोलीले उहाँलाई गोरखाबाट समातेको छ, अहिले काठमाडौं ल्याइँदै छ,” उनले भने।
भुसाललाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए। उनले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालको घर घेराउ तथा आगजनी गर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
टिप्पणीहरू