जनार्दनमाथि छानबिन गर्न सांसदहरु बिहानैदेखि भेला

जनार्दनमाथि छानबिन गर्न सांसदहरु बिहानैदेखि भेला

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित संसदीय समितिको बैठक सिंहदरबारमा जारी छ । आजदेखि लागु भएको नयाँ आर्थिक वर्षको बजेट तर्जुमा क्रममा असम्बन्धित व्यक्तिलाई मध्यराती मन्त्रालयमा डाकेर करका दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि मन्त्रीमाथि छानबिन शुरु भएको हो ।

जेठ १४ गते रातिको सिसिटिभी रेकर्ड मेटाएको, बिचौलिया अनुकूल बजेट बनाएको आरोप लागेपछि अर्थ मन्त्रीबाट राजीनामा आएको हो ।

बिहान ८ बजेदेखि संघीय संसद सचिवालयको भवन नम्बर १ स्थित अर्थ समितिको हलमा संसदीय विशेष समितिको बैठक बसिरहेको छ । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली,भानुभक्त ढकाल,देव गुरूङ,शक्ति बस्नेत,मानबहादुर विक, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्र यादव लगायतको उपस्थितिमा बैठक भएको हो ।

समितिलाई १० दिनको कार्यादेश दिइएको छ ।

टिप्पणीहरू