राजधानीको सुरक्षा जिम्मेवारी हेरफेर हुनासाथ पहिलेको एक्सरे

राजधानीको सुरक्षा जिम्मेवारी हेरफेर हुनासाथ पहिलेको एक्सरे
सुन्नुहोस्

नेपाल प्रहरीले अघिल्लो महिनादेखि  राजधानी उपत्यकाका तीनमध्ये काठमाडौं परिसरको जिम्मा एसएसपी विश्व अधिकारीलाई दिएको छ ।  ‘किलो १’ भनेर चिनिने काठमाडौंको सुरक्षा जिम्मेवारी सितिमिति जो कसैले सजिलै प्राप्त गर्न सक्दैन र धेरै समय टिक्दैन पनि । 

किनकि अरुलाई लडाएर काठमाडौं आउने जो कसैको संगठनभित्रैबाट पखेटा काट्न थालिन्छ । अहिलेका अधिकारी पनि यसको अपवाद हुनै सक्दैनन्। भलै विश्वले आफ्नो बिगत विवादास्पद नभएको बताउने गरेका छन् । रिस गर्नेहरु त ‘सुदूरपश्चिमको आशीर्वादसँगै आईजीपीका छोराको बिहे खर्चसमेत जोहो गर्ने वचनबद्धतामा ल्याइएको हो पनि भन्ने गर्दछन् ।’

अधिकारीको पूर्व पोस्टिङ्ग सिन्धुपाल्चोक,मोरङ, कैलालीलगायत जिल्लामा भएको थियो । एक जना एसपी भन्छन्, ‘सिन्धुपाल्चोकमा डिएसपी हुँदा एकजना बैंकरसँगको बिशेष सम्बन्धले चर्चा पाएको थियो । त्यसबारे एक कान,दुई कान,मैदान भएपछि बिरामीको बहानामा रातारात काठमाण्डौ ल्याइयो । त्यो बेलाको साक्षी तत्कालीन सिडिओ तथा हालका गृहसचिव नै छन् ।’

मोरङको एसपी हुँदा बिना शीर्षक उधारो खर्च लेखेका कारण २४ लाख बक्यौता देखियो । आफूमाथि कारबाही हुने भएपछि लेखापालले हाकिमकै निर्देशनमा जबरजस्ती खर्च लेखेको बयान दिए र त्यसपछि उनको जिम्मेवारी खोसियो ।

त्यस्तै कैलालीमा नेपाली काँग्रेसलाई  चुनावमा सहयोग गर्ने वचनबद्धतासहित लगियो । तर छ महिना नहुँदै काङ्ग्रेस नेताहरुले एमाले महासचिव शंकर पोख्रेलनिकट भन्दै हटाएर एउटै ब्याची सोमेन्द्रसिंह राठोरलाई त्यहाँ पठाए । त्यतिले नपुगेर ‘दुई तीन दिनसम्म मोबाइल स्विच अफ गरेर बस्नेले कसरी सँघीय राजधानी चलाउलान् !’समेत भनी उडाउने गरेकै छन् ।

काठमाडौं परिसरमा जान इच्छुक केही प्रहरी अधिकृतको आशामा अधिकारीको सरुवापछि तुषारापात भएसङ्गै अधिकारीमाथि एउटा कर्तव्य ज्यान केसमा दायित्व निर्वाह गर्न नसकेको आरोपसमेत लगाउन भ्याएका छन् । लाश उठाउन नसकेर तीन दिनसम्म तनाव भएपछि सरकारी मोबाइल स्विच अफ गरेको आरोप उनैमाथि छ । त्यतिबेला स्थानीयले लाश चौकीमा ल्याएर फालिदिने धम्की दिएपछि तत्कालीन आइजीपी शैलेश थापाले गाली गर्दै जिम्मेवारीबाट हटाएको भन्नेहरु पनि छन् । त्यो बेला उनीसँगै ट्वाइसीको रुपमा कार्यरत डिएसपी वेद जोशीले आजित भएर हेडक्वार्टरमा रिपोर्टिङ गरेका थिए ।

उनीमाथि प्रायोजित समाचार बनाउन लगाएको,हरेक गतिविधिमा अपरेसन ९ लेख्दै फेसबुक पेजमा अपलोड गरेको भन्दै कुरा काट्न थालिएको छ । वास्तु ज्योतिषले अधिकारीलाई ९ अंक शुभ रहेको बताएपछि हरेक घटनामा अपरेसन ९ लेख्ने गरिएको  परिसरका अधिकृतहरु बताउँछन् ।

टिप्पणीहरू