डुम्रे–बेँसीसहर सडकमा पहिरो, सवारी अवरुद्ध

डुम्रे–बेँसीसहर सडकमा पहिरो, सवारी अवरुद्ध

निरन्तरको वर्षापछि गए रातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

लेदोसहितको पहिरोले सडकअवरुद्ध भएको बताउँदै अवरुद्ध सडक हिजो बिहानदेखि सञ्चालनमा आएको थियो । तर गए रातिदेखि पुनः लेदोको पहिरोले सडक अवरुद्ध भएको हो ।

उक्त सडक खण्डको ४२ किलोमिटरमा सवारी साधन नचलेपछि बेँसीसहरबाट अन्यत्र जान लागेका यात्रु बिचल्लीमा परेका छन् । निरन्तरको वर्षाको कारण सडक खुलाउन अप्ठेरो परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू