उपरथीमाथि आक्रमणपछि गरियाे आगजनी र लुटपाट

उपरथीमाथि आक्रमणपछि गरियाे आगजनी र लुटपाट

नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि लेबनानमा आक्रमण भएको छ । युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा डेपुटी कमाण्डरको दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा विमानस्थलतर्फ जाँदै गर्दा उनी सवार सवारी साधनमा आगजनी गरिएको बताइन्छ । 

सेनाका अरु सवारी साधनले इस्र्कटिङ गरेको अवस्थामा ढकाल चढेको गाडीलाई रोकेर आगजनी गरिएको नेपाली सेनाले जनाएको छ । घटनामा ढकालसँगै अन्य चार जना नेपाली सैनिकहरु पनि घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीअघि प्रदर्शनकारीले सैनिक सवारी साधनमा लुटपाट मच्चाएका थिए ।

टिप्पणीहरू