आगलागी पिडितका लागि मुख्यमन्त्रीको राहत
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढी बजारका आगलागी पीडितका लागि राहत प्याकेजको घोषणा गरेका छन् । उनले प्रदेश सरकारले तत्काल राहत प्याकेजको व्यवस्था गर्ने बताएका हुन् ।
हिजो राति मुगुको गमगढी बजारमा भएको आगलागीबाट २१ घर पूर्ण रुपमा जलेको छ । आगलागिबाट धेरै धनमाल नष्ट भएपछि मुख्यमन्त्री शाहीले राहत प्याकेजको घोषणा गरेका हुन् ।मुख्यमन्त्री शाहीले विज्ञप्ति जारी गर्दै तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जनाएका छन् …