आफ्नै बसले ठक्कर दिँदा सहचालक बिते

आफ्नै बसले ठक्कर दिँदा सहचालक बिते

काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा. ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको हो । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

टिप्पणीहरू