अब ‘पोइल जान पाम’ र ‘चाहिएन पोई’ जस्ता गीत गाउन नपाइने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समाज र संस्कृति बिगार्ने खालका तीज गीत नगाउन आग्रह गरेको छ ।
प्रतिष्ठानले सामाजिक सद्भावलाई खलल् पुर्याउने एवम् अमर्यादित र द्वैअर्थी अपाच्य शब्द प्रयोग भएका गीत संगीत सार्वजनिक नगर्न पनि आग्रह गरेको हो । तीज गीतको नाममा देखिएका विकृति,विसङ्गति,अभद्र श्रव्यदृश्यका कारण दर्शक र स्रोताले गुनासो गर्न थालेपछि ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ ।
आगामी भदौमा मनाइने तीजको निम्ति पछिल्लो सातादेखि तीजगीत लेख्ने,गाउने र रेकर्ड गर्ने क्रम बढेको छ ।
प्रतिष्ठानले सम्पूर्ण श्रष्टा,सर्जक, गायक गायिका,उत्पादक,रेकर्डिङ स्टुडियो सबैलाई त्यस्ता लाजमर्दो गीत प्रस्तुत नगर्न विज्ञप्तिमार्फत् आग्रह गरेको हो । संस्थागत आग्रहलाई बेवास्ता गरे साधारण सदस्यतालगायत अन्य संस्थागत सेवाबाट समेत वञ्चित गरिने प्रतिष्ठानको चेतावनी छ ।
आगामी भदौमा मनाइने तीजको निम्ति पछिल्लो सातादेखि तीजगीत लेख्ने,गाउने र रेकर्ड गर्ने क्रम बढेको छ । यसअघि पूर्वसांसद तथा एमाले केन्द्रीय सदस्य कोमल वलीले गाएका केही गीतको चर्को टिप्पणी भएको थियो । उनले ‘पोइल जान पाम’ र ‘चाहिएन पोई’ लगायतका गीत गाएपछि धेरैले ‘छाडा’ भनेका थिए ।
टिप्पणीहरू