आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै

आईसिसी विश्वकप लिग २ अघि आज नेपालले क्यानडासँग एकदिवसीय क्रिकेट खेल्दै छ । नेपाली समयअनुसार राति पौने १० बजेबाट खेल शुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ । क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला निम्ति नेपाली टिम अहिले क्यानडामा रहेको हो ।

क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।

टिप्पणीहरू