पाकिस्तानमा डाक्टरी पढ्न जाने विद्यार्थी छानिए
सरकारले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न पाकिस्तान जान छनोट भएका विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसी गरी १९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो । गत चैत १८ र २० गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजाक्रमको आधारमा उनीहरुको नाम सिफारिस गरिएको आयोगले जनाएको छ ।
सिफारिसमा पर्नेमा निरोज गुरागाईं, सचिन चालिसे, स्मारिका सुवेदी, सागरकोहर कुम्हाल, सुरेश साह, बसन्त पाठक, अञ्जु डाँगी, आशा घर्ती, त्रिरत्ना काफ्ले र रुस्तम चौधरी हुन् ।
त्यसैगरी, गणेशकुमार ठाकुर, मोहम्मद अजाज खान, नन्दकिशोर खान, मनिष घिमिरे, भगवती मोक्तान, निकिताकुमारी मण्डल, कृतिकुमारी शर्मा र अमनकुमार साह पनि सिफारिसमा परेका छन् ।
उनीहरुलाई भोलिसम्ममा शिक्षा मन्त्रालयमा सम्पर्क गर्न पनि सुचित गरिएको छ ।
टिप्पणीहरू