अब गहुँ र चिनी किन्नेले मन्त्रालयमा निवेदन दिनुपर्ने

अब गहुँ र चिनी किन्नेले मन्त्रालयमा निवेदन दिनुपर्ने

सरकारले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीको निवेदन मागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी साउन २८ गतेभित्र निवेदन पेश गर्न त्यस्ता व्यापारी तथा व्यवसायीलाई जानकारी गराएको छ ।

उनीहरुले निवेदनमा चिनी र गहुँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्ने छ । त्यसका लागि उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात–निर्यात इजाजतपत्र र क्वारेण्टिनलगायत इजाजतपत्र नोटरी प्रमाणित गरी मन्त्रालयको इमेलमा पठाउनुपर्ने छ ।

भारतले हालै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, चिनी निर्यातको लागि भारत सरकारको विशेष स्वीकृति आवश्यक पर्ने बताइएको छ । सोसँगै मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न व्यवसायीलाई निवेदन दिन सूचना प्रकाशित गरेको हो ।

टिप्पणीहरू