१६ जना कैदी सक्रमित, स्थान अभावमा ७६ जना सँगै

१६ जना कैदी सक्रमित, स्थान अभावमा ७६ जना सँगै

बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । कैदीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वास्थ्यकर्मी बोलाएर गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।

जेलर धारा भण्डारीका अनुसार अस्ति चार जना संक्रमित फेला परेका थिए । त्यसपछि हिजो सबै कैदीहरुको पिसिआर परीक्षण गरेपछि १२ जनामा संक्रमण देखिएको हो ।

२५ जना क्षमता रहेको कारागारमा ९३ जना कैदीबन्दी राखिएको छ । कोरोना संक्रमितलाई अलग्गै व्यवस्थापन गर्न नसकिएको जेलर भण्डारीले बताए ।

टिप्पणीहरू