श्रममन्त्रीले श्रमिकको गुनासो सुन्ने, बाहिर हुँदा कर्मचारीले टिप्ने

श्रममन्त्रीले श्रमिकको गुनासो सुन्ने, बाहिर हुँदा कर्मचारीले टिप्ने

श्रमिकका गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कार्यक्रम नै तय गर्नुभएको छ । त्यसका लागि ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाको सन्दर्भमा जानकारी, उजुरी, गुनासोलगायत विषयमा प्रत्यक्ष रुपमा सरोकारवालासँग साक्षात्कार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।

हरेक आइतबार बिहान ११ बजेदेखि अपरान्ह १२ बजेसम्म श्रममन्त्री कुँवरले श्रमिकको कुरा सुन्नुहुने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा सहभागी हुन चाहनेले निःशुल्क रूपमा ११४१ वा टोल फ्रि नम्बर १६६००१५००५, विदेशबाट सःशुल्क ००९७७१५९७००८ र भाइबरमार्फत ००९७७९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सक्ने मन्त्रालयले बताएको छ ।

मन्त्री उपत्यकाबाहिर रहेको अवस्थामा कार्यक्रम सञ्चालन नहुने र सो अवधिमा नियमित सञ्चालनमा रहेको कल सेन्टरबाट गुनासो वा जानकारी लिने व्यवस्था भने मिलाइएको बताइन्छ ।

टिप्पणीहरू