हिमालजस्तै अटल मित्रतामा अडिग हिमालय

हिमालजस्तै अटल मित्रतामा अडिग हिमालय

गत साता हिमालय एयरलाइन्सको चार्टर विमान परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितका ११ जना विशिष्ट पदाधिकारीको टोली बोकेर चीन गयो । छिङताओमा सोझो उडान नभएका कारण दुई देशबीच सम्बन्धको महत्वलाई ख्याल गर्दै उक्त उडान भरेको बताइन्छ ।

हिमालयको एअरबस ए ३१९, उडान नम्बर एच ९–७२२० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिङताओ गयो भने उताबाट मन्त्रीदेखि सचिवहरुको टोलीलाई त्यसरी नै सकुसल लिएर आयो ।

कोभिड–१९ का कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न प्रतिबन्धका कारण दुई वर्षदेखि ठप्प छ । यसर्थ यो नै कम्पनीको विशेष चार्टर उडान हो ।

यसैबीच कम्पनीले कोभिडकालीन संस्थागत सामाजिक उत्तरदायित्वको लामो विवरण सार्वजनिक गरेको छ । एयरलायन्सकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्जला दलीका अनुसार, हिमालयले कोभिड कोषमा १० लाख योगदान गरेको छ ।

त्यसैगरी भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन दुई करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडान सञ्चालन गरिएको छ ।

टिप्पणीहरू