नेता प्रदीप गिरीको पार्थिव शरीर सानेपा लगियो,शोक प्रस्ताव पारित गर्ने तयारी

नेता प्रदीप गिरीको पार्थिव शरीर सानेपा लगियो,शोक प्रस्ताव पारित गर्ने तयारी

नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर पार्टी कार्यालय सानेपा ल्याइएको छ ।

केही बेरअघि ललितपुर महानगरपालिका वडा नम्बर २ स्थित कार्यालयमा पार्थिव शरीर ल्याइएको हो ।

काङग्रेसका नेता गिरीको गएराति ७५ वर्षको उमेरमा निधन भएको थियो । उनी पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए ।

आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

साथै,केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सभापतित्वमा शोक प्रस्ताव पारित गर्न बैठक शुरु भएको छ ।

नेता गिरीको निधनमा शोक प्रस्ताव पारित गर्न झण्डै पाँच दर्जन नेता जुटेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी,महेन्द्र यादव, किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय ’डिना’, भिष्मराज आङ्देम्बेलगायतले उपस्थिति जनाएका छन् ।

त्यस्तै,प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.रामशरण महत, उमेश श्रेष्ठ,अर्जुन नरसिंह केसी,नैनसिंह महर, रमेश लेखक,बलबहादुर केसी, मोहन बस्नेत,उदय समशेर राणा, राजन केसी ,राजीवविक्रम शाही,गणेश लामा, अन्जनी श्रेष्ठको पनि बैठकमा सहभागिता रहेको छ ।

टिप्पणीहरू