नेता गिरीलाई आर्यघाट लाने तयारी, सानेपा पुगे यी नेताहरु
नेपाली काङग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको पार्थिक शरीर यतिखेर ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपास्थित नेपाली काङग्रेस पार्टी केन्द्रीय कार्यालयमा छ ।
श्रध्दान्जलीका लागि केही बेरअघि उनको पार्थिव शरीर सानेपा ल्याइएको हो । विभिन्न राजनीतिक दलका नेताले यसवीच गिरीलाई श्रध्दान्जली दिइसकेका छन् ।
माल्यार्पण तथा शोकसभामा पूर्व कानूनमन्त्री देव गुरुङ्ग,पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको पनि सहभागिता रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल श्रध्दान्जली दिएर केही बेरअघि फर्किसक्नुभएको छ ।
त्यस्तै,गृहमन्त्री बालकृष्ण खाँण पनि सानेपा पुग्नुभएको छ । नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एकछिन अघि मात्र उहाँको पार्थिव शरीरमा फूल चढाउन केन्द्रीय कार्यालय पुग्नुभएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटा,कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीसहित नेकपा एमाले काठमाण्डौ उपत्यका ईन्चार्ज तथा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि सानेपामै हुनुहुन्छ ।
बागमती एफएए ०११९ नम्बरको वानटन ट्रकमा राखेर पार्थिव शरीर पशुपतिस्थित आर्यघाट लैजाने तयारी भइरहेको छ ।
टिप्पणीहरू