युवा संघले फोहोर बटुल्दै,सडक बढार्दै

युवा संघले फोहोर बटुल्दै,सडक बढार्दै

काठमाडौं महानगरपालिकामा विकराल बन्दै गएको फोहोर व्यवस्थापनमा राष्ट्रिय युवा संघ नेपालकाे दबाबमूलक सन्देश तथा सरसफाई कार्यक्रम शुरु भएको छ । कार्यक्रम केही समयअघिदेखि कमलपोखरीमा शुरु भएको हो ।

यो कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका बागमती प्रदेश सह–इन्चार्ज पेम्बा घलेको नेतृत्वमा भएको हो । ३० जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम चलिरहेको छ ।

यसअघि उनीहरूले काठमाडाैंका विभिन्न स्थानका फाेहाेर उठाइसकेका छन् ।

टिप्पणीहरू