माधव नेपालका महिला र मजदुर रसुवामा संगठित
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) जिल्ला समिति रसुवाले नेपाल कृषि मजदुर संगठन जिल्ला कमिटी गठन गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटी बैठकले प्रदीप लामिछानेको नेतृत्वमा कृषि मजदुर संगठन बनाएको हो ।
कृषि मजदुर संगठन रसुवाको उपाध्यक्ष, सचिव र उपसचिव क्रमश: निर्मला न्यौपाने, रामहरि न्यौपाने र काजीबहादुर घले चयन भएका छन् भने सदस्यहरूमा कमलबहादुर घले, बुद्धि घले,लकिया तामाङ र समेमकाजी गुरुङ रहेका छन् ।
बैठकले अप्सरा रिजालको अध्यक्षतामा अखिल नेपाल महिला संघ पनि गठन गरेको छ । उपाध्यक्षमा सीताकुमारी न्यौपाने, सचिव लक्ष्मी रेग्मी भट्ट र कोषाध्यक्ष सावित्री ढुङ्गेल रहेका छन् । श्यामा छेकी तामाङ, चिनीमाया विश्वकर्मा, मिया स्याङमो तामाङ, पासाङ तामाङ र भगवती धमला सदस्य चयन भएका छन् ।
केन्द्रीय उपाध्यक्षसमेत रहेका बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य साङ्तेम्पा तामाङ,राष्ट्रिय परिषद सदस्य तथा नेपाल कृषि मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष उत्तरबहादुर खड्का, बाग्मती प्रदेश सदस्य भरत बगाले,राष्ट्रिय परिषद सदस्यहरु यादव गजुरेल र गङ्गा विश्वकर्मालगायतको उपस्थिति रहेको एकीकृत समाजवादी रसुवाले जनाएको छ ।
कार्यक्रममा उपाध्यक्ष न्यौपानेले पार्टीको वर्तमान अवस्था, समसामयिक राजनीति र आगामी रणनीतिबारे प्रशिक्षण दिएका थिए । त्यस्तै,गजुरेलले पार्टी अनुशासन र कमिटी बिस्तार र उत्तरबहादुर खड्काले ट्रेड युनियन गठन तथा नेपालमा कृषि मजदुर संगठनको आवश्यकता र महत्त्वबारे प्रकाश पारेको बताइएको छ ।
बैठक सञ्चालन जिल्ला कमिटी सचिव शिव लामिछानेले गरेका थिए भने बिष्णु देवकोटाले अध्यक्षता गरेका थिए ।
टिप्पणीहरू