३ महिनामा कहाँबाट ल्याउला प्रहरीले हतियार ?
नेपाल प्रहरीले आगामी निर्वाचनको सुरक्षाबारे सरकारलाई आवश्यक जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आफूसँग हतियार र सुरक्षाकर्मी अपुग रहेको औपचारिक जानकारी गराएको हो । छोटो समयमा ती हतियार किन्ने प्रक्रिया शुरु गर्न सम्भव पनि छैन ।
प्रहरी स्रोतका अनुसार सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी आवश्यक रहेको र निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको पनि जानकारी गराइएको छ ।
गत स्थानीय निर्वाचनमा प्रहरीको मागबमोजिम एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । तर,हतियारको कुरो उठाइएको थिएन बरु सेनासङ्ग १ हजार थान पिस्तोल सापटी मागेर काम चलाइएको थियो । अहिले चुनावीनिम्ति थप २६ सय हतियार चाहिएको हो ।
टिप्पणीहरू