मौन अवधिको १५ दिन अगावै चुनाव प्रचार स्थागित गर्ने प्रस्ताव

मौन अवधिको १५ दिन अगावै चुनाव प्रचार स्थागित गर्ने प्रस्ताव

निर्वाचन आयोगले मौन अवधिको १५ दिन अघिसम्म मात्र निर्वाचन प्रचार प्रसार गर्न प्रस्ताव गरेको छ । निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा आयोगले आज उक्त प्रस्ताव राखेको हो ।

आयोगले भड्किलो चुनावी प्रचार प्रसारलाई नियन्त्रण गर्न भन्दै २५ जना भन्दा बढीको चुनावी र्‍याली गर्न नपाइने र राष्ट्रिय झन्डा १० वटा भन्दा बढी प्रयोग गर्न नपाइने प्रस्ताव पनि अघि सारेको छ ।

बैठकमा प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलको सहभागिता थियो ।

टिप्पणीहरू