डा.बाबुराम भट्टराईको पार्टी कार्यालय पनि पेरिस डाँडा नजिकै

डा.बाबुराम भट्टराईको पार्टी कार्यालय पनि पेरिस डाँडा नजिकै

नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधा नगर,तीनकुनेमा खोलिएको छ । अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत केन्द्रीय कार्यालय सुविधा नगर, तीनकुनेमा खोलिएको जानकारी दिनुभएको हो ।

भट्टराईले आफ्नो पार्टीको पाँच प्रतिबद्धता पनि सार्वजनिक गर्नु भएको छ । उहाँले समावेशिता,सङ्घीयता, सुशासन,समृद्धि र समाजवाद आफ्नो पार्टीको पाँच (स) प्रतिबद्धता रहेको बताउनु भएको हो ।

जसपासँग असन्तुष्ट रहँदै अलग्गिनु भएका भट्टराईले आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन निर्माण गर्नु भएको थियो । नेसपाले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिने निर्णय गरिसकेको छ।

टिप्पणीहरू