बिप्लवहरुको बन्दमा ठाउँ ठाउँ फेला परे बम

बिप्लवहरुको बन्दमा ठाउँ ठाउँ फेला परे बम

अहिले बिहान कैलालीको गोदावरी नगरपालिका -१ स्थित अत्तरिया चोकबाट धनगढी जाने बाटो नजिक बम फेला परेको छ । सेतो पलास्टिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेपछि डेटोनेटर ठहरिएको र लगत्तै डिस्पोज गराइएको बुझिएको छ ।

आज बिप्लवसहितका केही कम्युनिस्ट घटकले नेपाल बन्द कार्यक्रम राखेका छन् । त्यसैलाई प्रभावकारी बनाउन ठाउँ ठाउँ तर्साउने सामान सार्वजनिक स्थलमा राखिएको अनुमान छ । उता कैलालीकै गोदावरी नपा-६ हरैया आवास नगरको गेट नजिक पनि प्रेसर कुकरजस्तो देखिने वस्तु फेला परेको छ । काली रक्षा गण बडैपुर बाट क्याप्टेन कुमार कार्कीको कमाण्डमा ७ जनाको टोलीले त्यसलाई डिस्पोज गरिसकेको बताइन्छ ।

बैतडी जिल्ला सुर्नैया गाउँपालिकाको सतबाँझ र सिन्केलेकमा पनि शंकास्पद वस्तु फेला परेको त्यहाँका प्रजिअले बताए ।

टिप्पणीहरू