अध्यक्ष प्रचण्ड ठाउँ फेर्दै, भेटघाट गर्दै

अध्यक्ष प्रचण्ड ठाउँ फेर्दै, भेटघाट गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक दलका नेताहरुको भेटघाट र सक्रियता निकै बढेको छ । हिजो पनि उहाँसँग माओवादी, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरुको भेटघाट भएको छ ।

खुमलटारस्थित दाहाल निवासमा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र ऊर्जामन्त्री पम्फा भुषालबीच हिजो बिहानको समयमा भेटघाट भएको हो । उहाँहरुबीच बिहान पौने ८ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको बताइन्छ ।

त्यसपछि राजनीतिक भेटघाटको निम्ति दाहाल भानिजको निवास पुग्नुभयो । उहाँले हात्तिवनस्थित गोकुल भण्डारीको अपार्टमेण्टमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग बिहान ९ बजेदेखि झण्डै दुई घण्टा भेटवार्ता गर्नुभएको खुमलटार स्रोतले बताएको छ ।

त्सपछि फेरि मध्यान्ह खुमलटारस्थित निवासमा उहाँ र नेपाल समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच दिउँसो साढे १२ बजेदेखि झण्डै दुई घण्टा छुट्टै भेटवार्ता भएको थियो । छलफलपछि डा. भट्टराई दिउँसो साढे २ बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू