चीनपछि उत्तर कोरियासङ्ग अमेरिकाको चिसो

चीनपछि उत्तर कोरियासङ्ग अमेरिकाको चिसो

दक्षिण कोरिया र अमेरिकाले दक्षिण कोरियामा संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । उनीहरुले उलची फ्रिडम सिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास थालेका हुन् ।

उक्त अभ्यासको पछिल्लो चार वर्षपछि अहिले पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरियाली प्रायद्विपमा बढेको पछिल्लो तनावका कारण क्षेत्रीय प्रशिक्षण समावेश गरिएको बताइएको छ । जारी सैन्य अभ्यास आगामी सेप्टेम्बर १ सम्म चल्ने र यसमा कमाण्ड पोष्ट,क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशनलगायत विधाहरू समावेश छन् ।

उनीहरुले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्ने र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यासलाई पहिलो चरणमा राखेका छन् । त्यसैगरी दोस्रो भागअन्तर्गत प्रतिआक्रमण मिसनका विषयहरू रहेको जानकारी दिइएको छ । यसका साथै क्षेत्रीय युद्धाभ्यासको क्रममा १३ संयुक्त प्रशिक्षण कार्यक्रममा सैन्य कौशलका विभिन्न विधा समावेश भएको सैन्य स्रोतलाई उल्लेख गर्दै प्रकाशित समाचारहरुमा जनाइएको छ ।

यता, अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत महिना ताइवान भ्रमण गरेपछि प्रशान्त महासागरीय क्षेत्रमा तनाव बढेको छ । चीन र ताइवान दुवैले गरेको सैन्य अभ्यासले पछिल्लो दुई दशक यताको सबैभन्दा ठूलो तनाव देखिएको हो ।

टिप्पणीहरू