प्रधानन्यायाधीश बालुवाटार निवासमै,कछुवाको चालमा महाभियोग,आधा वर्षमा बल्ल हल्का छलफल
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथि लागेको महाभियोग अझै बेवारिस अवस्थामा छ । गत फागुन १ गते दर्ता भएको महाभियोगमाथि आधा वर्ष सकिँदा पनि छलफल ठोस निश्कर्षको निम्ति अघि बढेको छैन ।
यही क्रममा हिजो संसदीय महाभियोग सिफारिस समितिको बैठक बसेको छ । समितिका ज्येष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल,लालबाबु पण्डित,शिवमाया तुम्बाहाम्फे,कृष्णभक्त पोखरेलका साथै नेपाली काँग्रेसका मीनबहादुर विक,माओवादी केन्द्रकी यशोदा सुवेदी,नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का र जनता समाजवादीका प्रमोद साहलगायतको सहभागिता थियो ।
हिजो अपरान्ह डेढ घण्टा बढी बसेको बैठकमा समितिको कार्यविधिको मस्यौदा र कामकारबाहीको कार्यतालिकालगायत विषयमा छलफल गरिएको हो । तर, महाभियोगलाई निश्कर्षमा पुर्याउन अझै पनि समितिले चासो दिएको पाइएको छैन । सबैले झारा टार्ने र चोलेन्द्र समशेरलाई निलम्बित अवस्थामै मङ्ग्सिर २८ गते र दिपक कार्कीलाई कामुकै हैसियतमा अर्को हप्तादेखि घर पठाउन लागेको देखिन्छ ।
टिप्पणीहरू