भारतीय राजदूतको मन्त्री र महान्यायाधिवक्तासङ्ग लगालग भेट

भारतीय राजदूतको मन्त्री र महान्यायाधिवक्तासङ्ग लगालग भेट

भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो एकै दिन मन्त्री र महान्यायाधिवक्तासङ्ग भेट गरेका छन् । राजदूतले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर मन्त्री दिलेन्द्रप्रसाद बडूसँग बिहान कार्यालय खुल्ने बित्तिक्कै आधा घण्टा कुराकानी गरेको बताइन्छ ।

मन्त्री बडु सुदूर पश्चिममा भारतीय सीमा जोडिएको दार्चुलाका जनप्रतिनिधि हुन् जहाँ हाम्रो पहिलेदेखि सँवेदनशील सीमा समस्या,महाकाली नदीको धार परिवर्तन,जयसिंह धामीलाई तुइन काटेर बेपत्ता बनाएको लगायतका विवाद जीवितै छन् ।

बिहान १० बजेको समयमा मन्त्रीलाई भेटेका राजदूतले रामशाहपथस्थित महान्यायाधिवक्ता कार्यालय पुगेर खम्बबहादुर खातीसँग भेटवार्ता गरेका थिए । यो भेट चाहिँ ४५ मीनेटको थियो । महान्यायाधिवक्ता कार्यालयले सरकारको तर्फबाट अदालतमा मुद्दाको पैरवी गर्दछ ।

सो क्रममा दूतावासका प्रवक्ताको पनि उपस्थिति थियो ।

टिप्पणीहरू