काठमाडौँ मलमा पनि बालेनको डोजर

काठमाडौँ मलमा पनि बालेनको डोजर

काठमाडौँ महानगरपालिकाले न्यूरोड सुन्धारास्थित कर्मचारी सन्चय कोष स्वामित्वको काठमाडौँ मलको अनधिकृत संरचनामाथि डोजर चलाएको छ । काठमाडौँमा अस्तव्यस्त पार्किङको समस्यालाई न्यूनीकरण गर्ने भन्दै शुरु गरिएको अभियानअन्तर्गत अवैध रूपमा खडा गरिएका संरचना आज भत्काइएको हो ।

मेयर बालेन साह र उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको उपस्थितिमा तीन वटा डोजरले संरचना भत्काएका हुन् । उक्त मलले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना खडा गरेर उपयोग गरिरहेको महानगरको ठहर छ।

महानगरभित्र बनेका ठूला भवनहरूले पार्किङ सुविधा दिने गरी नक्सा पास गरेर भवन बनाएको तर पार्किङको लागि बनाइएको स्थानलाई विभिन्न प्रयोजनार्थ भाडामा लगाइएको भन्दै महानगरले खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त सूचनाको अवज्ञा गर्दै खाली नगरे पछि महानगर आफैले डोजर लगाएको हो । गत सोमवार बानेश्वर क्षेत्रमा पनि अवैध संरचना भत्काइएको थियो ।

टिप्पणीहरू