फर्किएको दुई साता बित्दा-नबित्दै विमलेन्द्र निधि पुनः भारततिर

फर्किएको दुई साता बित्दा-नबित्दै विमलेन्द्र निधि पुनः भारततिर

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि भोलि पुनः भारत भ्रमणमा जानुहुने भएको छ। गत साउनको २२ गते मात्रै भ्रमण सकेर फर्कनु भएका उहाँ फेरि एक साताको लागि जान लाग्नु भएको हो ।

काँग्रेसको पूर्व उपसभापति समेत रहनु भएका निधि निर्वाचन नजिकिँदै गर्दा तारन्तार उतै जानुमा विभिन्न अड्कलवाजी भइरहेका छन् । उहाँको यस भ्रमणमा राजनीतिक भेटघाट पनि हुन सक्ने बताइएको छ ।

श्रोतका अनुसार निधि भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामको धनुष राख्न जान लाग्नु भएको भनिए पनि उहाँको भ्रमण धार्मिक भ्रमण मात्र नहुने अड्कल गरिएको छ।

टिप्पणीहरू