विराटनगर र सिमराको श्रम कार्यालय सिंहदरबारबाटै उद्घाटन
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्जुअल माध्यमबाट एकैदिन दुई स्थानका शाखा कार्यलयको उद्घाटन गर्नुभएको छ ।
सामाजिक सुरक्षा कोष स्थापनाको तीन वर्ष पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच विराटनगर र सिमरा शाखा कार्यलयको उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू