जर्नेलहरूसँगको रात्रिभोजमा राष्ट्रपतिको सोधाइ-” खै कसले चलायो मैले राजीनामा दिने हल्ला ?”

जर्नेलहरूसँगको रात्रिभोजमा राष्ट्रपतिको सोधाइ-” खै कसले चलायो मैले राजीनामा दिने हल्ला ?”

राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारवीचको सम्बन्ध चिसिँदै गयो भनिएको बेला शीतल निवासमा हिजो बेलुकीसम्म जर्नेलहरूले धक फुकाएर सुन्ने र सुनाउने मौका पाएका छन् । राष्ट्रपतिले राजीनामा दिने र फेरि एमालेबाट राजनीतिमा सक्रिय हुने आम आशंकासङ्गै शीतल निवासमा कार्यरत सुरक्षा सल्लाहकार नेत्रबहादुर थापाको टेलिफोन समन्वयमा हिजोको साइत जुरेको हो ।

भेलामा ३ बजेदेखि नै सामेल सेवानिवृत्त सेनापतिद्वय प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ७० जना रथीबृन्दमध्ये करिव २० जनाले राष्ट्रपतिलाई सुझाव दिए ।

यस क्रममा तिनले कुनै पनि हालतमा राजीनामा दिन नहुने बताएका थिए ।

केशरबहादुर भण्डारी र सीबी गुरुङले राष्ट्रको हितविपरीत हुने कुनै पनि काम नगर्न राय दिएको सो भेलामा पूर्व रथी यादव रायमाझीले प्रष्ट शव्दमा नागरिकता विधेयक रोक्नुपर्ने धारणा राखेका थिए । सबै जर्नेलले राष्ट्रपतिको राजीनामावारे सोच्न पनि नसकिने बताएको सहभागी स्रोतको दावी छ ।

सुझाव लिएपछि राष्ट्रपतिले भेलालाई सँबोधन गर्दै आफ्नो राजीनामा बजार हल्ला मात्रै भएको बताउनुभयो । आफू देशको पक्षमा उभिएको जनाउँदै उहाँले राजीनामावाला हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको थियो। भन्नुभयो, “तपाईंहरू ढुक्क रहनुस्,हल्लालाई हल्लामै छोडिदिनुस् । तपाईंहरूसँगको छलफलपछि म मा झनै आत्मविश्वास पलाएको छ।”

“भेलामा प्रधानसेनापति प्रभुराम शर्मालाई पनि बोलाइएको थियो । भर्खर एक जना अर्थशास्त्रीबाट देशको अवस्थावारे बृफिङ्ग लिएर आएको जनाउँदै छलफलमा भाग लिए पनि उहाँ नागरिक विधेयकवारे प्रवेश गर्नुभएन बरु पूर्व जर्नेलहरूसँग भेट्ने अवसर मिलेको भनी सन्तुष्टि व्यक्त गर्नुभयो ।”

राष्ट्रपतिले प्रतिनिधिसभाबाट पुनः नागरिकता विधेयक पारित भए पनि राष्ट्रिय सभामा छलफल हुन बाँकी नै रहेको जनाउँदै त्यहाँको छलफलबाट एउटा निश्कर्ष आइदिए हुने अपेक्षा राख्नुभयो । भन्नुभयो-“म देशको संवेदनशील विषयमा आगामी दिनमा झन गम्भीर भएर लाग्नेछु । “

भेलामा प्रधानसेनापति प्रभुराम शर्मालाई पनि बोलाइएको थियो । भर्खर एक जना अर्थशास्त्रीबाट देशको अवस्थावारे बृफिङ्ग लिएर आएको जनाउँदै छलफलमा भाग लिए पनि उहाँ नागरिक विधेयकवारे प्रवेश गर्नुभएन बरु पूर्व जर्नेलहरूसँग भेट्ने अवसर मिलेको भनी सन्तुष्टि व्यक्त गर्नुभयो ।

पूर्व तीनतारे जर्नेलहरू लगभग सबै नै उक्त भेलामा सहभागी भएको बताइएको छ । यो भेलाको संयोजन राप्रपा नेपालका अध्यक्ष कमल थापाका दाइ नेत्रबहादुर थापाले गरेका हुन् । उनी स्वयं पनि पूर्व तीन तारे जर्नेल हुन् । भेलामा सामेल हुने तीन तारे पूर्व जर्नेलमा नेपालभुषण चन्द,पवनबहादुर पाण्डे,बलदेवराज महत,यादव रायमाझी,अमर पन्त, ईश्वर हमाल,गौरव तन्डुल,शरद गिरी, सीबी गुरुङ,भिक्ट्रीसमशेर राणा, फत्तेबहादुर लिम्बु छन् । पूर्व रथी, उपरथी र सहायक रथी गरी १ देखि ४ तारेसम्मका पूर्वजर्नेलहरु शीतल निवासको रात्रिभोजसहितको भेलामा थिए।

राष्ट्रपति भण्डारीले सरकारले प्रमाणीकरण गर्नको लागी पठाएको नागरिकता विधेयक १५ बुँदे सुझाव सहित फिर्ता गरेपछि सरकार र शीतल निवासको सम्बन्ध चिसिँदै गएको छ। राष्ट्रपति कार्यालयले सुझाव सहित फिर्ता पठाएको उक्त विधेयक सरकारले पुनः प्रमाणीकरणको लागि पठाउने तयारी गरेपछि राष्ट्रपति भण्डारी सरोकारवाला सँग छलफलमा जुट्नु भएको हो।

राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत रहने व्यवस्था भएकोले राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गर्नु भएको हो।

टिप्पणीहरू