जासुसबाट प्रहरी बनेका एसपीको माग-कि बाँकेमै थमौती,कि लुम्बिनी ट्राफिक
राष्ट्रिय अनुसन्धान विभागबाट सरुवा भई पोहोर असारमा बाँके पुगेका एसपी श्यामकृष्ण अधिकारीले चाहेकै ठाउँमा सरुवा जान पाउनुपर्ने अत्तो थापेका छन् । १४ महिनाअघि नेपालगन्ज सरुवा भएका अधिकारी एक वर्ष बितिसक्दा पनि जहाँको त्यहीँ छन् ।
बाँकेबाट लुम्बिनी प्रदेशको ट्राफिक कार्यालय बुटवल जान गृह मन्त्रालयमा सेटिंग मिलिसकेको बताउँदै आएका उनले भनेको ठाउँमा सरुवा नमिले बाँकेमै बस्न पाउनुपर्ने माग तेर्स्याएका छन् । ‘जहाँ बढी आम्दानी हुन्छ त्यहाँ आँखा लगाउने’ बानी परेका केही अधिकृतको मनोमानी चलेकोवारे प्रहरी सङ्गठनभित्र कुरा उठ्ने गरे पनि बाहिर खुलेर बोल्न हिम्मत नहुने अवस्था छ।
स्रोतका अनुसार अधिकारीले मानव श्रोत विभागका हाकिमहरुलाई फोन गर्दा,’ मलाई वास्ता नगर्ने ? मैले सबैतिर सम्पर्क बनाइसकेको छु,अब बुटवल नगई छाड्दिन ‘ भन्ने गरेका छन् । एसपी अधिकारी सरुवासम्बन्धी आन्तरिक नियम विपरीत एकै ठाउँमा लामो समयसम्म अडिन सक्नु राजनीतिक शक्तिको सदुपयोग हो भन्ने गरिन्छ ।
अधिकारीलाई २०५९ सालतिर गुप्तचर विभागबाट नेपाल प्रहरीको ११२ औं ब्याचमा पठाइएको थियो । उनी तनहुँका काँग्रेस नेता गोविन्दराज जोशीका विश्वासपात्र मानिन्छन् ।
टिप्पणीहरू