बालेन आज राहदानी विभाग छिरे
काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ पनि खाली गराएको छ । महानगरका मेयर बालेन साहको नेतृत्वमा गएको महानगरको टोलीले आज अपराह्न विभागको अन्डरग्राउन्ड पार्किङ (बेसमेन्ट) खाली गराएको हो ।
महानगरले नक्सा पास बिना बनेका संरचनाहरू भकाभक भत्काउन थालेको छ । सोहीक्रममा मेयर बालेनसहितको टोली विभागमा अवलोकन गर्न पुगेको थियो । भवन बनाउँदा सवारी पार्किङका लागि भनेर नक्सा पास गरेको स्थानमा विभागले सेवाग्राहीको लागि प्रतीक्षालय बनाई कुर्सीहरू राखेको पाइएकोले हटाएको हो ।
सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।
टिप्पणीहरू